१ असार २०८३, सोमबार

सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनवल, १९ माघ । पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।

घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र चार जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिनुभयो ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएराति सुनवल–४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको हो ।

सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।