१७ असार २०८३, बुधबार

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनादेवि मन्दिर अगाडी चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका वडा नम्बर १२ वस्ने २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चेपाङको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।