२ असार २०८३, मंगलबार

कञ्चनपुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । कञ्चनुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो । ४२ वर्षीय दिनेशबहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाइसको ठक्करबाट मञ्जु घाइते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो ।