१४ असार २०८३, आइतबार

थाई भाट चोरीको अभियोगमा विमानस्थलबाट एक जना पक्राउ

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई आज दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभि अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले उक्त थाई भाट चोरी गरेको खुलेको हो । निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।