१९ असार २०८३, शुक्रबार

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ माघ । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ । अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो ।

काम भइरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरी काम सुरु गरेका थिए । तर, १५ मिनेट पछि एक्कासि विद्युत सूचारु हुँदा उनी पोलबाट खसेका हुन् ।

घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताउनुभयो । सो क्षेत्रमा विद्युत स्तरवृद्धिको काम जारी छ ।

पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गर्दैछ ।