१२ असार २०८३, शुक्रबार

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ घर भई बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।