२१ असार २०८३, आइतबार

भरतपुर भ्रमण वर्ष–२०२४ को घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष–२०२४ को घोषणा गर्नुभएको छ । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा मेयर दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको बताउनुभयो ।

‘भरतपुरमा अहिले पनि पर्यटक आइरहनु भएको छ,’ उहाँले भन्नुभयो, ‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हँुदैछ ।’

यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम समेत गरिसकेको उहाँको भनाइ छ ।

भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालको भनाइ थियो ।

भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उहाँको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताउनुभयो ।

महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको उहाँको भनाइ छ ।

भरतपुरमा जीप सफारी, जङ्गल सफारी, डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रम्ुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उहाँले बताउनुभयो ।