२१ जेष्ठ २०८३, बिहिबार

होटलमा पानी छोएको निहुँमा दलितमाथि कुटपिट

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

डोटी, १६ माघ । होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ ।

केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गर्नुभएको हो । केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हान्नुभएको थियो । ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन् ।

पीडित रमेश भुलले आफूमाथिमात्र नभएर सिंगो दलितजाति माथिको अपमान भएको भन्दै कानुनी कारवाहीमा जाने बताउनुभयो । ‘पानी पिउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हानेँ,’ भुलले भन्नुभयो, ‘किन हान्नु भएको भन्दा दलित भएर पानी किन छोइस् भन्दै थप कुटपिट भयो ।’