२६ कार्तिक २०८३, बिहिबार

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले काठमाडौं र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पाँच लाख ७८ हजार ५५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यस्तै, तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौं मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई एक लाख ५० हजार ५४० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।