२ असार २०८३, मंगलबार

उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मंगलबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराईका जिल्लामा हुस्सु र कुहिरोको समस्या निरन्तर रहनेछ ।

मंगलबार दिउँसो केही ठाउँहरुमा आंशिक बदली भएपनि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपालको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराईमा तत्काल चिसो घट्ने सम्भावना छैन भने काठमाडौंसहित देशभर पानी पर्ने सम्भावना समेत छैन ।