
काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।
आयोगले आज कार्यतालिका स्वीकृत गरेको हो । कार्यतालिकाअनुसार मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
यस्तै, पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरिने र दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ।
आयोगका अनुसार पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।















प्रतिक्रिया