९ कार्तिक २०८३, सोमबार

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ: सभामुख घिमिरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले औद्योगिक असुरक्षा, लगानीमैत्री वातावरणको कमी, करका दरहरूको अनिश्चिता जस्ता कुराले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन नसकेको भन्दै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

सभामुखका हैसियतले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि सदैव आफ्नो प्रयत्न हुने उनले बताए । सभामुख घिमिरेले व्यापार घाटाको आकार बढ्दै गएको अवस्थामा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवम् आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । वैदेशिक व्यापारमा आयातभन्दा निर्यात बढी हुँदा देशभित्र विदेशी मुद्रा भित्रिन गई आर्थिक अवस्था सबल हुने भएपनि नेपालजस्तो अल्पविकसित मुलुकमा निर्यातभन्दा आयात व्यापारको अंश कयौं गुणाले बढी रहेको स्थिति रहको सभामुख घिमिरेले बताए ।

उनले पूँजीगत खर्च असाध्यै कम रहेको अवस्थामा वर्षा र चाडवर्प सकिएसँगै अब खर्च बढाउने कामलाई गति दिनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेला १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ ।

मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहेका छन् ।