
काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच शाखाको समुद्घाटन गरे ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५१ पुगेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।















प्रतिक्रिया