बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

गौशालामा प्रहरी र दुर्गा प्रसाईं पक्षबीच झडप

दैनिक नेपाल २०८० मंसिर ११ गते १५:२९

काठमाडौं , ११ मंसिर । काठमाडौंको गौशालामा प्रहरी र राजसंस्था पुर्नस्थापनाको माग गर्दै आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकबीच झडप भएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ।

केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित