
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का सचिव एवम् सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ ।
कार्यक्रमका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराई फर्किने बेला गाडीमा तोडफोड भएको हो । फुङलिङ बजारनजिकै उनको गाडीमा पहिचारवादीले ढुंगा प्रहार गरेका बताइएको छ ।
उनको गाडीको शिसा फुटेको छ ।
आक्रमणपछि भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको थियो ।















प्रतिक्रिया