९ कार्तिक २०८३, सोमबार

क्यानडाको राजदूतमा पौडेलको नाम सर्वसम्मत अनुमोदन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो । परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो ।

पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा पौडेलले दिएको उजुरीमाथिको जवाफ चित्त बुझ्दो भएकाले सर्वसम्मत अनुमोदन गरेको हो ।

अब पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेपछि कार्यकाल सम्हाल्नेछन् ।