मंगलबार, १२ मंसिर २०८०
DainikNepal.com
मंगलबार, १२ मंसिर २०८०

दिनभरका TOP 15 NEWS: काठमाडौंमा एक महिनाको निषेधाज्ञा, नक्शाकै कारण प्रधानमन्त्रीबाट हटाइयो

दैनिक नेपाल २०८० मंसिर ४ गते २१:१५

काठमाडौं, ४ मंसिर । काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते माइतीघरमा प्रदर्शनलाई लक्षित गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. महेश बस्नेत भर्सेस दुर्गा प्रसाईँ : मंसिर ७ गते एमाले निकट युवासंघ र मेडिकल व्यवयायी दुर्गा प्रसाईँको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा ।

२. सडक मानवको व्यवस्थापन : सडक आश्रित मानवहरूको समुचित व्यवस्थापन हुने गरी कानून निर्माण गरिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, संघ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने जानकारी ।

३. नक्शाकै कारण हटाइयो : नेपालको नक्शा अद्यावधिक गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आफू प्रधानमन्त्रीबाट हटेपछि मुलुकमा नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गर्व गर्ने सरकार बन्न नसकेको धारणा ।

४. प्रदर्शनस्थल परिवर्तन : माइतीघर मण्डलामा निषेधित क्षेत्र तोकिएपछि एमाले निकट युवा संघले मंसिर ७ गतेको प्रदर्शनस्थल बदल्यो, तीनकुनेमा गर्ने निर्णय ।

५. बजेट निकासा : जाजरकोट भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा, सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि रकम निकासा गरिएको जानकारी ।

६. अर्को पनि रिट : टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व आज पनि अर्को मुद्वा दर्ता, अधिवक्त जगन्नाथ दुलालले सर्वोच्च अदालतमा रिट दर्ता गरेको जानकारी ।

७. विभिन्न समिति गठन : गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागि गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न समिति गठन, सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारीकता ल्याउन गृहमन्त्रीद्वारा पूर्वमूख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी ।

८. रिट हेर्न नभ्याइनेमा : टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट आज हेर्न नभ्याइनेमा, अर्को पेशी अनिश्चित ।

९. भएन सहमति : लुम्बिनी प्रदेश सरकार विस्तारका लागि बसेको नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बैठक बिना निष्कर्ष टुंगियो, रोल्पाका दीपेन्द्र पुनलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णयमा काँग्रेसको असहमति ।

१०. अझै भएन सुनुवाई : टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदन आज पनि ‘हेर्न नभ्याइने’मा, शारदा कडायत, मन्धरादेवी विष्टलगायतले कात्तिक २१ गते दिएको निवेदन चारपटक पेसी चढिसकेको भए पनि अहिलेसम्म सुनुवाइ हुन सकेन ।

११. भारतीय महिला पक्राउ : दुई किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ, पक्राउ पर्नेमा कतारको दोहाबाट काठमाडौं आएकी ३२ वर्षीया किमरो साँगी ।

१२. थप दुईजनाको मृत्यु : इलामको मेची राजमार्गस्थित रोङ गाउँपालिका–३ कोल्बुङमा विद्यार्थी बोकेको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु, मृत्यु हुनेमा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङ ।

१३. खबर गरौँ : टिकटकको पहुँच भइरहेको पाइएमा खबर गर्न नेपाल दूरसञ्चार प्राधिकरण आग्रह, टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई आग्रह ।

१४. युद्वको आगो : अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो, इजरायलले उक्त अस्पतालको मुनि सुरुङमा हमासको अखडा रहेको हुनसक्ने भन्दै अस्पताल खाली गर्न दिएको थियो निर्देशन ।

१५. नेपाल र यमन भिड्दै : विश्वकप फुटबलको एसियन छनोटमा नेपालले मंगलबार यमनविरुद्ध खेल्दै, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुने ।

प्रतिक्रिया
सम्बन्धित