९ कार्तिक २०८३, सोमबार

दिनभरका TOP 15 NEWS: द्वन्द्व पीडितका पीडा १७ वर्षसम्म ज्यूँका त्यूँ, एआईजीको जन्ममिति फर्जी ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष भएको छ ।

नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै दसवर्षे सशस्त्र सङ्घर्ष अन्त्य भएको घोषणा गरिएको थियो ।

सम्झौतामार्फत विसं २०६३ कात्तिक २२ गते सात राजनीतिक दल र माओवादीबीच सम्पन्न ऐतिहासिक सहमतिका आधारमा दुई पक्षबीच भएको युद्धविरामलाई स्थायीरूप दिँदै विसं २०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष समाप्त भएको घोषणा गरिएको थियो ।

शान्ति सम्झौताको १७ वर्ष पूरा हुँदा पनि पीडितको पीडा भने ज्यूँका त्यूँ छ । पीडितले हालसम्म न्याय पाउन सकेका छैनन् । उनीहरू आज पनि न्यायको खोजीमा आदालतको ढोकामा धाइरहेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. भ्रम छर्ने काम भयो : भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीलाई जेलमा हालेपछि सरकार र गठबन्धनविरुद्ध भ्रम छर्ने काम भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्ने धारणा ।

२. चिसोबाट ज्यान गुमाउने दश पुगे : जाजरकोटमा चिसोले मृत्यु हुने भूकम्पपीडितको संख्या दश पुग्यो, जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मृत्यु ।

३. एमालेको ध्यानाकर्षण : जाजरकोटमा दश जना भूकम्पपीडितको चिसोबाट मृत्यु भएको घटनामा नेकपा एमालेका गम्भीर ध्यानाकर्षण, अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न सरकारसँग माग ।

४. पीडा ज्यूँका त्यूँ : नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा, पीडितका पीडा भने ज्यूँका त्यूँ ।

५. रूकुममा फेरि भूकम्प : रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो, परकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रद्वारा जानकारी ।

६. बस दुर्घटना : विद्यार्थी बोकेर धनुषाबाट इलामको कन्याम आएको बस मेची राजमार्गमा पर्ने लसुनेमा भीरबाट खस्दा एकजना विद्यार्थीको मृत्यु, ५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा उपचार हुँदै ।

७. पार्टी एकता हुँदै : नेकपा माओवादी केन्द्र र नेपा समाजवादी पार्टीबीच पार्टी एकता अगाडि बढ्यो, पहिलो बैठकद्वारा एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ–आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय ।

८. फर्जी जन्ममितिको बिगबिगी : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग्यो, ज्ञवालीले जन्ममिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको आरोपसहित उजुरी परेपछि कागजात मगाइएको जानकारी ।

९. छठको मूख्य दिन : छठको मूख्य दिन अस्ताउँदो सूर्यको आरााधना गरी दिइयो अर्घ्य, तराई मिथिलाका क्षेत्रका साथै काठमाडौको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी लगाएत बागमति नदी किनारमा भक्तजनको भीड ।

१०. उच्च पदस्थद्वारा छठ पूजा : राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा काठमाडौंको घौरीघाटमा पुगेर छठ पूजा, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि गरे पूजा ।

११. काँग्रेस कि राप्रपाको नेता ? : हिन्दू राष्ट्रको माग गर्दै काँग्रेस नेता भीम पराजुलीद्वारा छठ पूजाको अवसरमा प्रणाम यात्रा, मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको भनाए ।

१२. अझै पनि सुरक्षित शौचालयको अभाव : सुरक्षित शौचालयको सुविधाबाट विश्वका तीन अर्ब मानिस बञ्चित, त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिशाब गर्ने तथ्यांक ।

१३. विवरण बुझाउन आनाकानी : चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गरेनन्, विवरणअनुसार विवतरण नबुझाउनेमा सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिका ।

१४. वैदेशिक ऋणको आवश्यकता घटाइयो : चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो, यस आर्थिक वर्षका लागि पाकिस्तानको मुद्रास्फीति प्रक्षेपण पनि २५.९ प्रतिशतबाट घटाएर २२.८ प्रतिशतमा झारियो ।

१५. फ्रान्स विजयी : युरो कप छनोट फुटबलमा फ्रान्स विजयी, समूह बीको खेलमा जिब्राल्टर १४–० ले पराजित ।