९ कार्तिक २०८३, सोमबार

जाजरकोटमा भूकम्पपीडितको चिसोबाट मृत्यु भएको घटनामा एमालेको गम्भीर ध्यानाकर्षण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) ले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण बिरामी परेर समयमा उपचार नपाएर दश जनाको मृत्यु भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले वृद्ध, दीर्घरोगी, बालबालिका, महिला, सुत्केरीहरूलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दु:ख घटना घटेको उल्लेख गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

एमालेले समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न माग गरेको छ ।