
दाङ, ८ कात्तिक । नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले गृहजिल्ला दाङका १० वटै स्थानीय तहका पार्टी प्रमुखहरुसँग छलफल गरेका छन् ।
बडादशैंका लागि गृहजिल्लामा रहेका महासचिव पोखरेलले आज बुधबार दाङको स्थानीय तहका पार्टी प्रमुखहरुसँग पार्टीको स्थानीय तहको गतिविधि र अवस्थाका विषयमा छलफल गरेका हुन् ।
छलफलमा स्थानीय तहका पार्टी प्रमुखहरुले पार्टीको अवस्थाको बारेमा रिपोर्टिङ गरेको गरेका थिए । साथै, छलफलमा महासचिव पोखरेलले पार्टी कामलाई सक्रिय रुपमा अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया