२७ कार्तिक २०८३, शुक्रबार

युएई उडे गृहमन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

गुरुङ युएईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् ।