काठमाडौं । दैलेख जेसीज वर्ष २०२५ की अध्यक्ष प्रतिमा खड्काले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् ।
युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उनले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन् ।
खड्कालाई सन् १९९७ मा स्थापना भएको दैलेख जेसीजले आफ्नो २९ वर्षे इतिहासमै पहिलोपटक राष्ट्रिय नेतृत्वका लागि अघि सारेको हो ।
शाखा अध्यक्षका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेकी खड्का जेसीज अभियानमा अनुभवी र क्रियाशील नेतृत्वका रूपमा परिचित छन् । तालिम, प्रशिक्षण तथा नेतृत्व विकासका क्षेत्रमा समेत अनुभव हासिल गरेकी उनले चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिएकी छन् ।
दैलेख जेसीजले खड्कालाई अघि बढाउने पहललाई कर्णाली प्रदेशको राष्ट्रिय प्रतिनिधित्व र महिला नेतृत्व प्रवर्द्धनको महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ ।
नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी पुस ८ गतेदेखि १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुनेछ । महाधिवेशनमा राष्ट्रिय नेतृत्व चयनका लागि निर्वाचन समेत हुनेछ ।











प्रतिक्रिया