२८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध कायमै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । प्रतिनिधि सभा बैठक आज बुधबार बस्दैछ । हिजो मंगलबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधको कारण स्थगित बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । तर आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सरकारको प्रतिबद्धता नआएको भन्दै एमालेले संसद बैठक पुनः अवरुद्ध गरेको हो ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध हुँदै स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको हो । एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान लिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीका विषयमा संसदमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले हिजोको पनि बैठक अवरुद्ध गरेको थियो ।

गृहमन्त्रीको जवाफ लगत्तै एमाले सचेतक महेशकुमार बर्तौलाले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । ‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो ।’ एमाले सचेतक बर्तौलाले भने ।

हिजो सदनको अवरोध खुलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखसहितको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा गृहमन्त्री श्रेष्ठले सुन तस्करीको विषयमा संसदमा जवाफ दिने सहमत भएको थियो ।

गृहमन्त्रीले जवाफ दिँदा एमालेको माग सम्बोधन नगरे पुन संसद अवरोध गर्ने एमालेको तयारी रहेको थियो । सोही अनुरुप संसद बैठकमा गृहमन्त्रीको जवाफपछि असन्तुष्टि जनाउँदै एमालले बैठक अवरुद्ध गरेको हो ।