
चितवन, २३ साउन । पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।
सवारीसाधनको अत्यधिक चापका कारण पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी रहेको छ ।











प्रतिक्रिया