२८ कार्तिक २०८३, शनिबार

सिक्रे दोभानमा पहिरो : एकै परिवारका ६ जना पुरिए, एकजनाको मृत्यु

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ साउन । अविरल वर्षासँगै पहिरो जाँदा एकै परिवारका ६ जना पुरिएका छन् ।

काभ्रेपलाञ्चोकको खानिखोला र मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको सिक्रे दोभानमा पहिरो जाँदा ६ जना पुरिएको बागमती-५ का वडाध्यक्ष विजय कुमार भ्लोन जानकारी दिए । उनका अनुसार पहिरोमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान पहरी र ज्वाई जीवन पहरी र उनीहरुका ४ वर्षीय छोरा र डेढ वर्षकी छोरी पुरिएका छन् ।

पुरिएका मध्ये शान्तिमायाको उद्धार गरिए पनि उनको उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष भ्लोनले बताए ।  पुरिएकाहरुको खोजी कार्य जारी रहेको वडाध्यक्ष भ्लोनले बताए ।