२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय युवा संघद्वारा हेटौंडामा वृक्षारोपण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ साउन । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा उपमहानगर कमिटीले हेटौंडामा वृक्षारोपण गरेको छ ।

युवा संघ सुरु गरेको ‘एक युवा पाँच विरुवा’ एक महिने वृक्षारोपण अभियान अन्तर्गत उपमहानगर कमिटीले आज बिहान हेटौंडा-९ स्थित दिव्य बाल उद्यानमा तीन सय वटा विभिन्न जातका विरुवा रोपेको हो ।

कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष सिता सुवेदीले विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, युवा संघका केन्द्रीय सचिव जय गुरुङ, केन्द्रीय लेखा आयोगका प्रमुख सन्तोष चौलागाईं, एमाले मकवानपुरका सचिव नवीन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाल, एमाले मकवानपुरका नेताहरु मीना अर्याल, आरती पाठक, रमिला सापकोटा, दिलु घर्ती, नरेन्द्र भण्डारी, लक्ष्मण उप्रेती लगायतकाको उपस्थिति रहेको थियो ।