२८ कार्तिक २०८३, शनिबार

नेकपा एस छाडेर एमालेमै फर्किए डिल्ली उप्रेती

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । सर्लाहीका पूर्वसांसद तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा (एमाले)मा फर्किएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिए ।

एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवासबालकोट पुगेका थिए । त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिए ।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले पहल गरेका थिए ।

उप्रेती २०७४ को प्रदेश सभा निर्वाचनमा एमालेबाट सर्लाही ३ (क) प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

४ मंसिर २०७९ सालमा भएको प्रदेश सभा निर्वाचनमा भने सत्ता गठबन्धनको एकीकृत समाजवादीबाट उम्मेदवार बने पनि उनी पराजित भएका थिए । गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको बुझाइ छ । माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेका जवाहर लाल कुशवाहासँग पराजित भएका थिए ।