२८ कार्तिक २०८३, शनिबार

संवैधानिक परिषद्को बैठक आज बस्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १६ साउन । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । सिंहदरबारमा अपरान्ह चार बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल हुनेछ ।

 परिषद् बैठक बस्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ ।