
काठमाडौं, १२ साउन । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।
प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको हो ।
नेपाल आयल निगमले गत साउन १ गते पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि प्रदेशले भाडा समायोजन गरेको हो ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीको भाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीको भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ ।











प्रतिक्रिया