२८ कार्तिक २०८३, शनिबार

क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ साउन । कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।

बुधबार दिउँसो माछापुच्छ्रे गाउँपालिका—९ स्थित घलेलमा  क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा-२६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीले जनाएको छ ।

क्यानोनिङ गर्ने क्रममा लडेर घाइते भएकी उनको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।