२८ कार्तिक २०८३, शनिबार

समाजवादी पसल धेरै दिन टिक्दैन: गोकुल बास्कोटा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १० साउन । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादी पार्टी र समाजवादी मोर्चा दुवैको भविष्य नरहेको बताएका छन् ।

मंगलबार एमाले सिन्धुपाल्चोकको एघारौँ बैठकलाई सम्बोधन गर्दै नेता बास्कोटाले एमालेको उर्बर जिल्ला सिन्धुपाल्चोकमा अरू पार्टी कसरी हावी हुन खोजे भन्दै समिक्षा गर्न जरुरी रहेको बताए ।

एमालेमा मनैदेखि एकताबद्ध हुने प्रयास भएमा सिन्धुपाल्चोकमा यसको साख फर्कने नेता बास्कोटाको भनाइ छ ।

‘पार्टीमा लामो र धेरै रगत पसिना बगाएर योगदान गर्नुभएका साथिहरू अहिले अर्को पार्टीतिर लाग्नुभएको छ । त्यो समाजवादी पसल धेरै दिन टिक्नेवाला छैन्, एमालेमा फर्कनुस्, विना विभेद पार्टीले उपयुक्त जिम्मेवारी दिनेछ ,’ नेता बास्कोटाले भने ।

एमालेबाट बाहिरिएका वा विभिन्न पार्टीमा लागेका र एमालेमा नै भविष्य देखेका आम नेता कार्यकर्तालाई पार्टीमा गोलवद्ध भई सदस्यता नवीकरण गर्न नेता बास्कोटाले आग्रह गरे । एमाले सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी सम्हाल्न बास्कोटा सोमबार नै सिन्धुपाल्चोक आएका थिए ।

एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपाल, सचिव रामचन्द्र बस्नेतलगायतले बास्कोटालाई सिन्धुपाल्चोकमा स्वागत गरेका थिए । बैठकमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, स्थायी कमिटी सदस्य गुरु बराल लगायतका नेताहरु सहभागी थिए ।