
रुपन्देही, १० साउन । रुपन्देहीमा लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापा रहेका छन् ।
मंगलबार सालझण्डी बजारमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया