
चितवन, ९ साउन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बस र ट्रक एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार आज बिहन साढे ७ बजे नारायणगढबाट मुगलिङतर्फ गइरहेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आएको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण सडक अवरुद्ध भएको छ ।











प्रतिक्रिया