
काठमाडौं, ६ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् ।
यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल लगायत पनि सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, पर्यटनमन्त्री सुदन किराँती लगायतले विमानस्थलमा पुगेर विदाई गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले इटालीमा संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्ड साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत सहभागी हुनेछन् ।
भ्रमणका क्रममा उनले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आगामी १२ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया