६ कार्तिक २०८३, शुक्रबार

सुन प्रकरण: फेरि अर्का एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १५५ केजी सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

राजस्व विभागले काठमाडौंबाट पुष्करराज भट्टलाई पक्राउ गरेको छ । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् ।

यसअघि आजै कोटेश्वरबाट राजन श्रेष्ठलाई पनि पक्राउ गरिएको थियो । योसँगै यो प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् ।

विभागले सुनसँगै ६ जनालाई पक्राउ गरेको थियो भने बाँकीलाई पछि पक्राउ गरिएको हो ।

यस्तै, राजस्व विभागले प्रकरणमा संलग्न अन्यलाई पक्राउ गर्न उच्च अदालत पाटनबाट जरूरी पक्राउ पुर्जीसमेत लिएको छ ।