५ कार्तिक २०८३, बिहिबार

यी क्षेत्रहरूमा बाढी आउन सक्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ९ असार । आज देशका विभिन्न जिल्लामा बाढी आउन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले बाढीको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार काठमाडौंसहित देशका ३५ भन्दा बढी जिल्ला भई बहने खोला, नदीमा बाढी आउने सम्भावना देखिएको छ।

आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दीया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुलामा बाढीको सम्भावना रहेको छ ।

यस्तै, संखुवासभा, औखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र  आसपासका केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने पनि महाशाखाले जनाएको छ।

महाशाखाले केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ।