
काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोकेर हिँड्न नसकिने बताएका छन् ।
यही जेठ १७ देखि २१ गतेसम्म भएको चार दिने भारत भ्रमणलाई लिएर उनले अब प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा बोकेर हिड्न नसकिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले छिमेकीहरूसँग प्रष्ट रुपमा कुरा राख्न नसकेको तथा नेपाल र नेपालीको शीर उँचो हुने गरी प्रस्तुत हुन नसकेको नेता घिमिरेको भनाइ छ ।
‘छिमेकी देशहरुसँग स्पष्ट रुपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब काँध हालेर हिँड्न सकिँदैन,’ उनले भने, ‘भारत भ्रमणमा नेपाल र नेपालीको शीर उच्च हुनेगरी प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलले सामान्य संवाद गरेको पनि देखिएन । यो अत्यन्त खेदजनक छ ।’













प्रतिक्रिया