२८ आश्विन २०८३, बुधबार

जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरेर सरकारले जोखिम बढायो : एमाले

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरेर सरकारले जोखिम बढाएको बताएको छ ।

हिजो बसेको पार्टी सचिवालयको २२औँ बैठकले निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासलाई जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइका रुपमा राख्ने सरकारको निर्णयले जोखिम बढाउने निष्कर्ष निकालेको हो ।

‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइ राख्ने सरकारको निर्णयलाई पार्टीले गम्भीर रूपमा लिएको छ,’ एमालेले भनेको छ, ‘यस निर्णयले निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासलाई प्रशासनको तजबिज मातहत राख्ने जोखिम बढाउने पार्टीको निष्कर्ष रहेको छ । यस निर्णयलाई सच्याइयोस् भन्ने पार्टी जोडदार माग गर्दछ ।’