२८ आश्विन २०८३, बुधबार

सरकारलाई एमालेको प्रश्न– ‘एक विद्यालय एक नर्स’ कार्यक्रम कता हरायो ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम नसमेटेको भन्दै आपत्ति जनाएको छ ।

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले बजेटमाथि टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारले अघि सारेको ‘एक विद्यालय एक नर्स’ र ‘एक औद्योगिक क्षेत्र एक नर्स’ कार्यक्रम समावेश नगरेको भन्दै आपत्ति जनाएको हो ।

एमालेका सचिव एवम् विभाग प्रमुख योगेश भट्टराईले हिजो बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक विद्यालय एक नर्स कार्यक्रमलाई थप विस्ता गर्दै ‘एक औद्योगिक क्षेत्र एक नर्स’ र ‘एक वडा एक योग तथा व्यायामशाला’ जस्ता लोकप्रिय र आधारभूत कार्यक्रमलाई बजेटले समेटेको छैन ।’

यस्तै, आयुर्वेद, होमियोप्याथी, युनानी, आम्ची, योग, प्राकृतिक चिकित्सालगायतका वैकल्पिक चिकित्साको अध्ययनमा जोड दिँदै तिनिहरूलाई स्वास्थ्य सेवाको मूल प्रवाहमा ल्याई आम नागरिकलाई निरोगी बनाउने अभियान अघि बढाउनुपर्ने भए पनि बजेटले त्यतातिर ध्यानै नदिएको एमालेको धारणा छ ।

समग्रमा एमालले स्वास्थ्य क्षेत्रको बजेट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मान्यताविपरीत भएको बताएको छ ।

‘विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कुल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अघि सारेको छ । सरकारले आर्थिक वर्ष २०५०/०८१ का लागि प्रस्तुत गरेको बजेटले उपरोक्त मान्यतालाई आत्मसात् गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड १८ लाख छुट्याइएको छ जुन संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो । यो विनियोजन चालू वर्षभन्दा करिब १९ अर्बले कमी हो । नेकपा (एमाले) को सरकारले प्रस्तुत गरेको बजेटमा ८६ प्रतिशत सम्म –आर्थिक वर्ष २०७८/०७९) पुगेको बजेटलाई क्रमश: बढाउनुपर्नेमा घटाएर हाल ४.८ प्रतिशतमा सीमित गरेको छ ।’