२८ आश्विन २०८३, बुधबार

बजेटविरुद्ध चलचित्रकर्मीहरूले आन्दोलन गर्ने (संयुक्त विज्ञप्तिसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटविरुद्ध चलचित्रकर्मीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाली चलचित्रसम्बद्ध विभिन्न आठ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति आपत्ति जनाउँदै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी उनीहरूको छ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति–