
सिन्धुली, १७ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवासंघ नेपालले सरकारको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ ।
आज बुधबार साँझ सिन्धुलीमाढीमा अनेरास्ववियु र युवा संघले प्रचण्डले विवादस्पद नागरिकता विध्येक जारी गरेर भारत भ्रमणमा गएको र रेशम चौधरीलाई आममाफी दिएको तथा भारतले संसद भवनमा नयाँ नक्सामा नेपालको भूमी समेट्दा पनि सरकार मौन बसेको भन्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेको हो ।
नेकपा एमालेको जिल्ला पार्टी कार्यालयबाट सुरू भएको मसाल जुलुसमा ‘भारतीयलाई नागरिकता उपहार, देश बेच्ने प्रचण्ड गद्दार’, ‘प्रचण्डको सरकार, लेन्डुपको नयाँ अबतार’, ‘अखण्ड भारतको भन्दा प्रमाण ग्रेटर नेपालको धेरै छ प्रस्टै, बुझे जनताले देश बेच्ने गद्दार को रै छ ?’ लगायत नारा लगाइएको थियो ।
२ नं बजार गैरीबजार १ नं बजार हुँदै लोकतान्त्रिक चोकमा पुगेर जुलुस कोणसभामा परिणत भएको थियो ।














प्रतिक्रिया