
काठमाडौं, १६ जेठ । एनएमबि बैंकले महोत्तरी गाउँपालिकास्थित आफ्नो शाखा कार्यालयमा भएको लुटपाटमा संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।
आज दिउँसो १२ बजेर २५ मिनेट जाँदा भएको घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको र त्यो निकायले लुटपाटमा संलग्न बन्दुकधारी व्यक्तिहरूको खोजी गरिरहेको जानकारी बैंकले दिएको हो ।
‘महोत्तरी जिल्लाको नेपाल भारत सीमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा मिति २०८० जेठ १६ गते करिब १२:२५ को समयमा ३–४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तिहरू प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको र उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाही गर्नका लागि हाल बैंकद्वारा सम्बन्धित निकायमा अनुरोध भइसकेको छ । सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको व्यहोरा अवगत गराउँदछौँ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानपश्चात प्राप्त हुने थप विवरणको जानकारी पनि बैंकले गराउँदै जाने बताएको छ ।













प्रतिक्रिया