२८ आश्विन २०८३, बुधबार

एम बैंकबाट आईएमई–पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँको क्यासब्याक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’ ले एम बैंकमार्फत आईएमई–पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने भएको छ ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आईएमई–पेले एम बैंकमार्फत आईएमई–पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयका लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ ।

आईएमई–पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौतापत्रमा आईएमई–पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।