२८ आश्विन २०८३, बुधबार

बिपद् व्यवस्थापन तथा खोज उद्धारसम्बन्धी सेमुलेसन कार्यक्रम

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १६ जेठ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा दैविक बिपद् व्यवस्थापन तथा खोज उद्धारसम्बन्धी सेमुलेसन कार्यक्रम सम्पन्न गरिएको छ ।

कोशी प्रदेश सुरक्षा समन्वय समितिको संयुक्त आयोजनामा उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशी नदीमा सेमुलेसन कार्य सम्पन्न गरिएको हो ।

कार्यक्रमअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सप्तकोशी नदीमा द्रुत उद्धार, र्‍याफ्टिङ उद्धार, बाढी प्रभावित समुदायको उद्धार, गोताखोरद्वारा पानीमा डुबेका मृतकको उद्धारलगायत कार्य प्रदर्शन गरिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु तिलकुमार मेन्याङ्गबो लिम्बु, बुद्धीराज राजभण्डारी, दुर्गा चापागाई, भक्ति सिटौला, कोशी प्रदेश सुरक्षा निकायहरुका प्रमुखहरु, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसदलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सीमित स्रोतसाधन र सीमित जनशक्तिका बावजुत पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले देशमा आइपरेका प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीसहित प्रदेश मन्त्रीहरूले विपद व्यवस्थापन सामग्रीहरूको अवलोकन तथा अभ्यास र अभ्यास इलाकाको परिचय लिएका थिए ।