२८ आश्विन २०८३, बुधबार

पूर्व राज्यमन्त्री पाण्डेको निधन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । महिला, बालबालिका तथा समाजकल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सखस्य समेत रहेकी पाण्डेको आज अपराह्न काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको हो ।

उनको आजै अन्तिम संस्कार गरिने भएको छ ।

अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले एक घण्टाका लागि पशुपति आर्यघाटमा राखिएको छ ।

२००८ सालमा जन्मिएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् भने २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य बनेकी थिइन् ।

यस्तै, २०६४ मा संविधान सभा सदस्य बनेकी पाण्डे एक पटक राज्यमन्त्री बनेकी थिइन् ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।