
काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रले दुई वटै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गरेका हरि बुढामगरलाई सम्मान गरेको छ ।
आज मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमकाबीच माओवादीले बुढामगरलाई सम्मान गरेको हो ।
बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए । उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अङ्ग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।
सम्मान कार्यक्रममा बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले अवसर दिएर सक्षम नागरिक बनाउनुपर्ने बताएका छन् । सगरमाथामार्फत अपाङ्गताको क्षेत्रमा सचेतना दिने कोशिष आफूले गरेको उनको भनाइ छ ।
उनले यसअघि सरकारले सगरमाथा चढ्न निषेध गरेपछि सर्वोच्चमा गरेर मुद्दा लडेपछि सगरमाथा चढ्न पाएको जानकारी दिए ।
त्यस्तै, बुढामगरलाई सम्मान गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समाज परिवर्तन गर्ने बुढामगरको अभियानलाई माओवादीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।
बुढामगरलाई यसअघि नेकपा एमालेले पनि सम्ममान गरेको थियो ।













प्रतिक्रिया