२८ आश्विन २०८३, बुधबार

सांसद विकास कोष ब्यूँताएर विकृति निम्त्याउन खोजियो : विष्णु पौडेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष ब्यूँताएर सरकारले पुन: विकृति निम्त्याउन खोजेको बताएका छन् ।

आज प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि प्रतिक्रिया दिँदै पौडेलले सांसदलाई विधायिकाको रुपमा मात्रै केन्द्रित गर्नुपर्ने र योजना छनोटमा अल्झाउन नहुने बताएका हुन् ।

‘जनप्रतिनिधि विधायिकामा केन्द्रित हुने हो । आयोजना छान्ने काम सांसदको होइन, यसले विकृति निम्त्याएकाले हामीले यसअघि स्थगित गरेका थियौं । फेरि ब्यूँताउने काम भएको छ । यो राम्रो होइन,’ पौडेलले भने ।

हरेक क्षेत्रका लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको व्यवस्था राख्नु आवश्यक नभएको भन्दै उनले यसलाई गलत कदम भनेर टिप्पणी गरेका छन् ।

यस्तै, उनले बजेटले वर्तमान आर्थिक सङ्कटको नाडी छाम्न नसकेको प्रतिक्रिया दिएका छन् । मुलुकको आर्थिक समस्या र चुनौती एकातर्फ बजेट अर्कोतर्फ रहेको उनको भनाइ छ ।