२८ आश्विन २०८३, बुधबार

निजी क्षेत्रले भन्यो– बजेट राम्रो छ, कार्यान्वयनमा ध्यान दिन जरुरी छ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । निजी व्यवसायीहरुले सरकारले ल्याएको बजेट कार्यन्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।

आज सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट भाषण राम्रो रहेको र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

उनले अहिले आएका विषयहरुका विषयमा थप अध्ययन गरेर प्रतिक्रिया दिने धारणा व्यक्त गरे ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले वितरणशील जस्तो देखिएको र मुलुकको अर्थतन्त्र सुधारका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक क्षेत्रका लागि बजेट राम्रो आएको बताए । उनले बजेट कार्यान्वयन भए आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरेका छन् ।