२८ आश्विन २०८३, बुधबार

९८ प्रकारका औषधि र खोप लगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गरिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले ९८ प्रकारका औषधि र खोप लगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ ।

मुलुकभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको छ ।

कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।