२८ आश्विन २०८३, बुधबार

भ्रष्टाचारविरुद्धको जस्तै कदम शैक्षिक क्षेत्रमा पनि चाल्नु आवश्यक छ : नेविसंघ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्धको जस्तै कदम शैक्षिक क्षेत्रमा पनि चाल्नु आवश्यक रहेको बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा भेटमा उनीहरूले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै शैक्षिक क्षेत्रमा पनि सोही प्रकृतिको कदम चाल्न आग्रह गरेका हुन् ।

संगठनको तर्फबाट आफ्ना मागहरु प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखेका छन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भैराखेको बताए ।